🎧 सबै ठिकै हुन्छ- Astha Tamang Maskey
मलाई घर ल्याए। अब कोहि पनि मसंग मन फुकाएर कुरा गर्दैन। कुन कुराले मेरो मन नदुख्ला भनेर तौली तौली बोल्छन सबै जना। दुर्घटना हुनु भन्दा पहिले कहिल्यै लागेको थिएन म संसार कि खुसि मान्छे हुँ। म संग सब थोक छ भनेर आनन्द को सांस कहिल्यै फेरिन। आज किन एस्तो लाग्दैन कि "म ओछ्यान को ओछ्यान थीन भने, म नै संसार को एक मात्र भाज्ञ्मानी थहरिन्थे होला। मलाई कुनै कुरा को दुखेसो हुन्थियेन, म पूर्ण सन्तुस्टी को जीवन बिताइराखेकी हुन्थे। सानो तिनो उल्झन ले उल्झाउने थिएन मलाई"।
मान्छे को प्रकृति नै होला - जे छैन तेस्को पछि लाग्ने। नभएको कुरा को मोहमा अल्झिने। असन्तुस्ट प्राणी। जब सम्भव नै नहुने कुरा को कामना गरेर बसेको छु , जीवनलाई अझै बढी दुखाएर।
एउटा ले भन्थ्यो, "मन भनेको गिलास भित्रको पानि जस्तै हो, जे घोल्यो तेइ को स्वाद आउंछ"। कागती हाल्यो अमिलो, खुर्सानी हाल्यो पिरो, बेसर हाल्यो तितो, नुन हाल्यो नुनिलो तेस्तै चिनी हाल्यो गुलियो। गुलियो धेरैलाई मन पर्छ। "तिमि पनि मनमा चिनी राख, खुर्सानी हैन", अरुलाई भन्न सजिलो छ। पानि नै पिरो छ भने कस्को के लाग्छ।
आफु संग भएको आफ्नो मन नै सबै भन्दा नजिक को साथि रैछ। मेरो साथि भनेकै मेरो मन हो, आफ्नो मन आफै संग छ। बेकार किन बेचैन हुनु पनि लाग्छ। यो कुराले म ढुक्क हुनु पर्ने हो, भैन। मन र म उस्तै उस्तै। कहिले मन रुन्छ, म सम्झाई बुझाई गर्छु। कैले म आफै डाको छोडेर रुन्छु, मन ले सकी नसकी सम्झाई बुझाई गर्छ। येसरी बाची रहेकी छु म। बुढेसकाल सम्म यी मान्छे हरु कसरि बाची राखेका होलान, म त अहिले नै थाकिसके। एकदमै बहादुर हुनु पर्दो रहेछ बच्नका लागि। एक अनुच्छेद जिदगी भित्र, लाखौ हरफ अफ्ठ्याराहरु। ऐनाम हेर्दा अनुहार ऊहि थियो ,चमक हराएको। अलिकति।
- निरुपा प्रसुन (एक हरफ जिन्दगी)
🎵 Astha Tamang Maskey
Instagram: [ Ссылка ]
Spotify: [ Ссылка ]...
Facebook: [ Ссылка ]
📷 Photograph by : Volkan Olmez
[ Ссылка ]
[ Ссылка ]
For any copyright issues, please email at mylostlyrics@gmail.com. We shall drop the video, for any concerning problems.
*The sole purpose of this video is to promote the underlying songs.*
*All rights reserved to the original owner of the song*
![](https://i.ytimg.com/vi/7AaQdqa8k_0/mqdefault.jpg)