भाग ८ सुन्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस्
[ Ссылка ]
भ्रम अर्थात् ह्यालुसिनेसनमा आधारित रहेर लेखिएको एक सर्को मायामा साहित्यकार कृष्ण धराबासी लेख्नुहुन्छ "मैले पढेका कयौं उपन्यासहरुमध्ये यो निकै अनौठो र मानसिक दबाब दिन सफल मानेको छु ।
सबैभन्दा मुख्य कुरा त यस उपन्यासले खडा गरेको भ्रमको जुन संसार छ त्यो नै कहालीलाग्दो छ । प्रश्नै प्रश्न उब्जिन्छन् । के साँच्चै मानिस यस्तो अवस्थामा पनि पुग्न सक्छ ? केमानिस सचेत हुँदाहुँदै पनि यस्तो डरलाग्दो भ्रममा पर्न सक्छ, के हामी पनि थाहै नपाई यस्ता कैयौं भ्रमहरुमा त छैनौं ?"
यस उपन्यासका लेखक जिएस पौडेल हुन । यो किताब २०७४ सालको बैशाख महिना देखि बुलबुल पब्लिकेशन मार्फत बजारमा आएको हो । हाल यो उपन्यासको वाचन रेडियो प्रस्तोता अच्युत घिमिरे बुलबुलको आवाजमा उज्यालो रेडियो ९० मेघहर्जबाट हरेक मंगलवार राति सवा नौ बजे वाचन भैरहेको छ ।
[ Ссылка ] याे लिङ्कबाट पनि सुन्न र डाउनलाेड गर्न सकिने छ ।
Special thanks to Achyut Ghimire (ghimireachyut@gmail.com)
[ Ссылка ]
![](https://i.ytimg.com/vi/ROp1IAIxVKg/maxresdefault.jpg)