ललितपुर जिल्लाको बडीखेलमा माउण्टेन बी कन्सर्नको नामबाट व्यवसाय सञ्चालन गर्दै आइरहनु भएका श्री धर्मराज श्रेष्ठले व्यवसायीक तवरमा कृषि पेशा अंगालेर सफल कृषि व्यवसायीको रुपमा आफुलाई स्थापित गराउनु भएको छ । पुख्यौली व्यवसायको रुपमा चितवनबाट करिब २५ वर्ष देखि मौरीपालन व्यवसायमा संलग्न हुनुभएका संचालक श्रेष्ठले शुरुवाती चरणमा शौखको रुपमा यो व्यवसाय अंगाल्नु भएको थियो । तर समयक्रमसंगै यसै व्यवसायलाई निरन्तरता दिदैं हाल सफल मौरीपालन व्यवसायीको रुपमा स्थापित हुनुभएको छ । हाल उक्त कन्सर्नसंग करिब आठ सय मौरी घारहरु रहेका छन् ।
![](https://i.ytimg.com/vi/hFD2nNY0sYo/maxresdefault.jpg)