विकासका सयौं बाटो, प्रवेश एउटै द्वार
समानताले पक्कै फेर्छ, समाजको मुहार
पूर्व पश्चिम जात अलग, पहिरन अलग अलग
उत्तर दक्षिण भाषा अलग, चलन अलग अलग
अपाङ्गता–बालमैत्री संरचना निर्माण, सब्को एउटै धार
समावेशीताले पक्कै फेर्छ, समाजको मुहार
‘‘समावेशी अवसर, सभ्य समाज निर्माणमा अग्रसर’’
समान अवसरका लागि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र नेपाल रेडक्रस सोसाइटी
विकासका सयौं बाटो, प्रवेश एउटै द्वार
समानताले पक्कै फेर्छ, समाजको मुहार
बालबालिका महिला पुरुष, समाई सब्को हात
जातजाति वर्ण लिंङ्ग, जुटौं एकै साथ
समावेशी–सभ्य देश, एउटै हो आधार
समानताले पक्कै फेर्छ, समाजको मुहार
‘‘विभेदमुक्त अवसर महिला पुरुष बरोबर’’
समान अवसरका लागि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र नेपाल रेडक्रस सोसाइटी
विकासका सयौं बाटो, प्रवेश एउटै द्वार
समानताले पक्कै फेर्छ, समाजको मुहार
सबै जातजाति उस्तै, पहिचान उस्तै
सम्मानको उपस्थिति हुनेछ दुरुस्तै
पहुँच योग्य संरचना, निर्माण हाम्रो आधार
समानताले पक्कै फेर्छ, समाजको मुहार
‘‘विकास निर्माणको नमुना, पहुँच योग्य संरचना’’
समान अवसरका लागि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र नेपाल रेडक्रस सोसाइटी
संरक्षण लैङ्गिकता तथा समाबेशीकरणकालागि
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र नेपाल रेडक्रस सोसाइटी
![](https://i.ytimg.com/vi/xqTN0o-5dfQ/maxresdefault.jpg)