रचनाः गोपाल योन्जन
संगीतः गोपाल योन्जन
स्वरः नारायण गोपाल
लौ सुन म भन्छु मेरो राम कहानी
त्यो एकदिनको घाम सयौं दिनको पानी
लौ सुन म भन्छु मेरो राम कहानी
म उठ्दा आकाशले मलाई थिची दिन्छ
अघि बढ्दा धरती मलाई खाल्डो खन्छ
म रोए यी अाँसु रित्याउ भनेर
तर अाँसुले नै मलाई नै बगाउंछ
यो विधवाको सिउंदो कि मेरो जवानी
त्यो एकदिनको घाम सयौं दिनको पानी
लौ सुन म भन्छु मेरो राम कहानी
तेरो आश्वासनमा मैले बाँची हेरें
मैले आगो माथी पनि नाँची हेरें
जीवनलाई चारैतिरवाट हेरें
केवल म पुरानो सवै नौलो पाएँ
यहि गीत साँचें पछिलाई निशानी
त्यो एकदिनको घाम सयौं दिनको पानी
लौ सुन म भन्छु मेरो राम कहानी
![](https://i.ytimg.com/vi/7B13PtH9rQY/maxresdefault.jpg)